बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भट्टराईद्वारा दिल्लीमा चिकित्सकसँग परामर्श, भोलि अस्पताल भर्ना हुने

भट्टराईद्वारा दिल्लीमा चिकित्सकसँग परामर्श, भोलि अस्पताल भर्ना हुने

उपचारका लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले स्वास्थ्य समस्याका बारेमा चिकित्सकसँग परामर्श गरेका छन्।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं- उपचारका लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले स्वास्थ्य समस्याका बारेमा चिकित्सकसँग परामर्श गरेका छन्।

उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भई उनको स्वास्थ्यको थप परीक्षण हुनेछ। 

पाण्डेले भोलि भट्टराईलाई अस्पतालमा भर्ना गरिने जानकारी दिएका छन्। भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन्। 

काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनलाई चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरेर थप उपचारका लागि सल्लाह दिएपछि भट्टराई दिल्ली गएका हुन्।

प्रकाशित: Feb 22, 2021| 11:05 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।