बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच एक घण्टा लामो भेटवार्ता

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच एक घण्टा लामो भेटवार्ता

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आउने क्रममा रहेकै बेला आकस्मिक रुपमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गरेका छन्। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आउने क्रममा रहेकै बेला आकस्मिक रुपमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गरेका छन्। 

प्रधानसेनापति थापाले प्रधानन्यायाधीशसँग करिब एक घण्टा लामो भेट गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ। 
तर, सेनाले भने सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा नेपाली सेनाको केही जग्गा परेकोले त्यससम्बन्धी छलफल गर्न गएको दाबी गरेको छ। 

‘प्रधानसेनापति जग्गाको विषयमा केही छलफल गर्न जानुभएको हो,’ सैनिक स्रोतले भन्यो।

संसद विघटनसम्बन्धी मुद्दाको पक्ष/विपक्षको बहस ७ फागुनमा सकिएपछि भोलिदेखि हेर्दाहेर्दैमा सुनुवाई हुँदैछ।

संसद विघटनसम्बन्धी मुद्दाको फैसला अन्तिम चरणमा रहेका बेला आकस्मिक रुपमा प्रधानसेनापतिले प्रधानन्यायाधीशसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित: Feb 22, 2021| 10:53 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।