बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला पन्तका हत्यारालाई खोजेर अविलम्ब कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

निर्मला पन्तका हत्यारालाई खोजेर अविलम्ब कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारालाई छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारालाई छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले साढे २ वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मलाको हत्यामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस्।’

समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम राज्यको भएको भन्दै उनले कसैको दबाबमा काम गर्न नहुने बताए। 

केहीकेही फलहरु कुहिएर झर्छन्। झर्यो भनेर चिन्ता लिने होइन्’, पार्टी विभाजनको सन्दर्भमा उनले भने, ‘छुट्टीएर गएकाहरुले भ्रम सिर्जना गर्ने र अलमलाउने काम गरिरहेका छन्। त्यसबाट सबै सचेत हुनुपर्छ।’

उनले पार्टी छोडेर गएका नेता कार्यकर्तालाई मुल पार्टीमै फर्किन आह्वानसमेत गरे। देश बनाउने अभियानलाई साथ दिन भन्दै उनले भत्काउने र बिगार्नेको पछि लागेर भविष्य नबिर्गान युवाहरुलाई आग्रह गरे। 

‘देशैभर रहेको सुकुम्बासी, भूमिहीनका, आरक्ष विस्थापित लगायतका जनताको समस्या समाधान गर्न सरकारले आयोग बनाएको छ’, उनले भने, ‘अब त्यही आयोगले यी सबै समस्याको समाधान गर्छ।’

प्रकाशित: Feb 22, 2021| 10:24 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।