बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजनीतिक अस्थिरता बढाउन प्रतिनिधिसभा विघटन गरियो : उपेन्द्र यादव

राजनीतिक अस्थिरता बढाउन प्रतिनिधिसभा विघटन गरियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अस्थितरता कायम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

जनकपुरधाम- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अस्थितरता कायम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्।

राजनीतिक अस्थिरता बढाएर प्रधानमन्त्री ओली आफ्नो निरंकुशतन्त्रलाई जारी राख्नकै लागि गैर संवैधानिक कदम उठाएको उनले आरोप लगाए। 

सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको उर्दु अनुवादलाई विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली संघीय प्रणाली समाप्त पार्ने खेलमा लागेको बताए। उनले भने ‘संघीय प्रणाली जसमा पृथकतावादीको स्थान हुँदैन, जसमा अधिक व्यक्तिलाई अवसर दिइन्छ त्यस्तो प्रणाली समाप्त पार्ने ध्येय प्रधानमन्त्रीको छ।’ 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री ओलीको योजना आफ्नो निरंकुशतन्त्रलाई निरन्तर तन्काई राख्ने रहेको आरोप लगाए। उनले भने ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरिसकेका छन्, अब निर्वाचन नगराएर देशमा राजनीतिक अस्थिरता बढाउने र निरंकुश प्रणाली जारी राख्ने उनको योजना छ।’

उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जुन संविधानको बिरोध गर्दै आइरहेका थियौँ सोही संविधानको रक्षाका लागि आन्दोलन गर्न परिरहेको बताए। यस संविधानका कयौँ धारामाथि हाम्रो असहमति रहे पनि यसै संविधानमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, जनतामा सार्वभौमसत्ता, मौलिक हक जस्ता कुरा उल्लेख रहेकोले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए। 

उनले भने ‘यो त फुटबलको हाफ टाइम जस्तै हो हामीलाई गोलपोस्ट परिवर्तन गर्नुपरेको छ।’ अगाडि भने ‘प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दाभन्दा थाक्दैनथे आज उनी सो संविधान नै समाप्त पार्न उद्धत छन्, हाम्रो संविधानमा असहमति थियो तर सो संविधानबाट प्राप्त उपलब्धि रक्षाका लागि संविधानको रक्षाका लागि आन्दोलन गर्न परिरहेको छ।’

नेता यादवले आन्दोलन अझै जारी रहेको र सम्पूर्ण रुपमा विभेद अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताए। 
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लेखेको नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको उर्दु अनुवाद म्रौलाना खालिद रसिदले गरेका छन्।

प्रकाशित: Feb 22, 2021| 10:00 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।