बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिपक्षी भएर सडकमा गएकाले विनाश चाहिरहेका छन् : लेखराज 

प्रतिपक्षी भएर सडकमा गएकाले विनाश चाहिरहेका छन् : लेखराज 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीबाट प्रतिपक्षी भएर सडकमा गएकाले विनाश चाहिरहेको बताएका छन्।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीबाट प्रतिपक्षी भएर सडकमा गएकाले विनाश चाहिरहेको बताएका छन्।

कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘प्रधानमन्त्रीको नेतृत्वमा हामी विकास भनिरहेका छौं। हामीबाटै प्रतिपक्षी भएर सडकमा गएकाले विनाश भनिरहेका छन्’, उनले भने, ‘सरकारले बेरोजगारी समस्या समाधान गर्न लागि परेको छ। मुलुकलाई सम्बृद्ध बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अघि बढ्दैछौं।’

सधैं पूर्वबाट मात्रै विकासको आरम्भ हुने गरेको भन्दै उनले अहिले प्रधानमन्त्रीकै निर्देशनमा पश्चिमबाट विकासको अभियान शुरू भएको बताए। 

‘सरकारको कामलाई पचाउन नसकेर पार्टीभित्रैबाट प्रतिपक्षी जन्मियो। समस्या हुन्छन् पार्टीभित्र छलफल र विधिबाट समस्या समाधान गर्न सकिन्थ्यो,’ उनले भने।

५८ वर्षसम्म भारतसँग कसैले कुरो उठाउन नसकेको नेपालको भूमि मिचिएको विषयमा प्रधानमन्त्रीले भारतसँग आमनेसामने भएर कुरा गर्न ऐतिहासिक काम गरेको उनको भनाइ छ।

प्रकाशित: Feb 22, 2021| 09:36 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।