आइतबार, साउन १०, २०८३

विश्वभरका बोइङ-७७७ जहाज ग्राउन्डेड

अमेरिकामा एक यात्रुबाहक विमान बोइङ ७७७ को इन्जिन फेल भएर आगो लागेपछि यो सिरिजका विश्वभर रहेका विमान ग्राउन्डेड भएका छन्।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

एजेन्सी- अमेरिकामा एक यात्रुबाहक विमान बोइङ-७७७ को इन्जिन फेल भएर आगो लागेपछि यो सिरिजका विश्वभर रहेका विमान ग्राउन्डेड भएका छन्।

अमेरिकामा २३१ यात्रु बोकेर उडेको युनाईटेड एयरलाइन्सको जहाजको एक इन्जिन फेल भएर आगो लागेपछि डेनभर विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो। यो घटनामा सबै यात्रु भने सकुशल रहे।

यो घटनापछि युनाईटेड एयरलाइन्स र जापानका दुई मुख्य एयरलाईन्सका ६२ वटा जहाज ग्राउन्डेड भएका छन्। यस्तै कोरियन एयरलाइन्सले पनि आफ्ना बोइङ ७७७ सिरिजका ६ वटा विमान ग्राउण्डेड गर्न लागिएको जनाएको छ।

बोइङका अनुसार यो सिरिजका विश्वभर रहेका १२८ वटा विमानमा यही इन्जिनको प्रयोग भएको छ। ती सबै ग्राउन्डेड हुनेछन्।

बोइङले इन्जिमा भएको समस्याबारे अध्ययन भइरहेको जनाएको छ।

केही दिनअघि अमेरिकामा भएको यो घटनामा बोइङ ७७७ को एउटा इन्जिनमा आगो लागेपछि त्यसको अगाडिको कभर खसेर वस्तीमा परेको थियो। 

प्रकाशित: Feb 22, 2021| 09:28 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।