बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीद्वारा कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्रीद्वारा कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास

सुदूरपश्चिममा स्थापना हुने भनिएको बहुचर्चित दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– सुदूरपश्चिममा स्थापना हुने भनिएको बहुचर्चित दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रमका लागि कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले केही बेरअघि औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। 

२०५२ सालमा तत्कालीन नेकपाको ९ महिना सरकारमा मनमोहन अधिकारी प्रधानमन्त्रीका भएका बेला सो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो।

त्यसयता औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिन सकेको थिएन। प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने त्यहाँका स्थानीयले अपेक्षा गरेका छन्।

नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो। औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ।

औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन्।

प्रकाशित: Feb 22, 2021| 08:44 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।