बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोस्रो चरणको खोप अभियानमा ७ हजार बुथ, १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने

दोस्रो चरणको खोप अभियानमा ७ हजार बुथ, १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने

सरकारले यही फागुन २३ गतेदेखि १५ हजार स्वास्थ्यकर्मी परिचालन गरेर ७ हजार बुथबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– सरकारले यही फागुन २३ गतेदेखि १५ हजार स्वास्थ्यकर्मी परिचालन गरेर ७ हजार बुथबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ। 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुबाट समेत खोप सेवा सञ्चालन हुनेछ। 

देशभर ५ हजारको हाराहारीमा अस्पताल रहेको र स्वास्थ्य संस्थामा समेत बुथ राख्दा करिब ७ हजारको संख्यामा बुथ राखिने उनले बताए। उनले भने, ‘कहाँ कति खोप केन्द्र राख्ने, कति स्वास्थ्यकर्मी परिचालन गर्ने भन्ने विषयमा योजना बनिरहेको छ।’

सरकारले दोस्रो चरणको खोप अभियानका लागि भारतबाट १० लाख डोज खोप ल्याइसकेको छ भने बाँकी १० लाखको अग्रिम भुक्तानी गरिसकेको छ। दोस्रो चरणमा ५५ वर्षभन्दा माथि उमेर समूहमा खोप लगाउने निर्णय मन्त्रालयले गरिसकेको छ। यो चरणमा औषधी पसलमा बस्ने कर्मचारी, सवारी चालक लगायतले पनि खोप पाउनेछन्। 

पहिलो चरण अन्तर्गत ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य लिएको सरकारले जिल्ला अस्पतालबाट मात्रै खोप लगाउने गरेको थियो। कुनै समस्या देखिन सक्छ भनेर चिकित्सक भएको ठाउँमा बुथ राखी खोप सेवा चलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा खोपको प्रभावकारिता निकै राम्रो देखिएको छ। 

खोप लगाएका करिब ३० प्रतिशतलाई सामान्य लक्षण देखिए पनि कुनै अप्रिय घटना नभएपछि सरकारले अब देशभरका अस्पतालहरुबाट खोप सेवा संचालन गर्ने भएको हो। 

प्रकाशित: Feb 22, 2021| 08:34 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।