मंगलबार, चैत १०, २०८२

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ। 

National life

भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर महिलाहरुमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक  तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सरबाट पीडित बिरामीहरुको उपचार थालेकी हुन्। 

उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर पीडित महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन्। उनको ओपिडी सेवा लिन चाहने महिलाहरुले दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि अस्पतालमा फोन गरेर अग्रिम नाम लेखाउनुपर्ने अस्पतालले जनाएको छ। 

नेपालका अन्य केही अस्पतालहरुमा समेत स्तन क्यान्सरको उपचार हुने गर्छ। तर, ती अस्पतालहरुमा उपचार तथा शल्यक्रिया गर्ने सर्जन पुरुषहरु मात्र छन्। महिलाहरुको संवेदनशील अंग भएका कारण उनीहरुले महिला सर्जनसँग सहज अनुभव गर्ने र संभवतः डा. कार्की नेपालकै पहिलो र एकमात्र स्तन क्यान्सरको उपचार गर्ने महिला सर्जन समेत हुन्। 

डा. कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ। यस्तै, विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ। यो अनुपात अझै बढ्ने संभावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा. कार्की बताउँछिन्। 

Laxmi sunrise bank
kumari

डा. कार्कीले भारत टाटा मेडिकल सेन्टर लगायतका प्रतिष्ठित संस्थाहरुमा ब्रेस्ट क्यान्सर विषयमै फेलोसिप गर्दा ७०० हाराहारी महिलाहरुको शल्यक्रिया गरेकी छिन्। उनीसँग जनरल ल्याप्रोस्कोपिक सर्जनको रुपमा धुलिखेल अस्पताल लगायतमा समेत काम गरेको अनुभव छ । उनले एमबीबीएस भने पाकिस्तानबाट गरेकी हुन्। 

प्रकाशित: Feb 22, 2021| 07:12 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्