बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिलन पाण्डे भन्छन्- प्रधानमन्त्री ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्छ

मिलन पाण्डे भन्छन्- प्रधानमन्त्री ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्छ

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्ने बताएका छन्। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं - विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्ने बताएका छन्। 

विभिन्न जिल्लाबाट काठमाडौं आई अध्ययन गरिरहेका युवाहरूसँग आज छलफल गर्दै उनले यस्तो बताएका हुन्। 

‘देश, संविधान, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै छ,’ उनले भने, ‘अझ यसो गर्दा सबैभन्दा बढी उनको भलो हुन्छ।’

यस्तै उनले प्रधानमन्त्री ओलीले गलत पुस्तालाई चिढाएको बताएका छन्। 

युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्याएको आरोप पनि उनले लगाए। ‘अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ उनले भने। 

प्रतिनिधि सभा विघठनको असंवैधानिक कदमपछि उत्पन्न संकटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको र युवाहरूमा नैराश्यता छाएको उनको भनाइ छ। 

काम चलाऊ सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेरबदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्र र विधिको शासनको हत्या गरेको पाण्डेले बताए।

शान्ति, समृद्धि र विकासका सपना पूरा हुनका लागि लोकतान्त्रिक पद्धति स्थिर र बलियो हुन जरुरी भएकाले अहिले सम्पूर्ण युवा शक्ति प्रतिनिधि सभा विघटनविरुद्ध एक भएर उभिनुपर्नेमा पाण्डेले जोड दिए।

प्रकाशित: Feb 22, 2021| 06:51 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।