बिहीबार, भदौ १८, २०८३

बारपाकमा एकै घरका ३ जना मृत भेटिए 

गोरखाको बारपाकस्थित एक घरमा ३ जना मृत फेला परेका छन्। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

पोखरा– गोरखाको बारपाकस्थित एक घरमा ३ जना मृत फेला परेका छन्। 

बारपाक सुलिकोट–१ को बारपाकमा एउटै घरभित्र एक जना पुरुष र दुई जना महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए। 

मृत्यु हुनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ छन्। दिलबहादुर र आइतकुमारी ससुरा बुहारी हुन्। उषा नजिकको आफन्त रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  

मुखबाट फिँजसहितको गाज आएकाले विषाक्त खानाका कारण घटना भएको प्रहरीको अनुमान छ। 

सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि स्थानीय घरभित्र पसेर हेर्दा तीनैजना मृतावस्थामा भेटिएका थिए। 

घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी चौकी जौबारीबाट थप फोर्स बारपाक गएको एसपी गुरुङले बताए। 

घरका अरु सदस्य चितवनस्थित आफन्तको मृत्यु संस्कारका सहभागी हुन गएका बेला घटना भएको स्थानीयले बताएका छन्। 

प्रकाशित: Feb 22, 2021| 06:26 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।