शनिबार, असार २७, २०८३

मिलान डर्बीमा इन्टरको जित

इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न मिलान डर्बीमा इन्टर मिलानले सहज जित निकालेको छ। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं – इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न मिलान डर्बीमा इन्टर मिलानले सहज जित निकालेको छ। 

एसी मिलानको सान सिरो मैदानमा सम्पन्न खेलमा पाहुना टिम इन्टरले ३-० गोलको सहज जित निकालेको हो।

इन्टरको जितका लागि लाउतारो मार्टिनेजले दुई र रोमुलु लुकाकुले एक गोल गरे।

खेलको पाँचौ मिनेटमै मार्टिनेजले पाहुना टिमलाई अग्रता दिलाएपछि पहिलो हाफमा इन्टर एक गोलले अघि थियो।

दोस्रो हाफको ५७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरे भने लुकाकुले ६६ औं मिनेटमा गोल गरे। 

सो गोलका साथ लुकाकु सिरी ए मा लगातार चार डर्बी क्लबविरुद्धका खेलमा गोल गर्ने १९५० यताका पहिलो खेलाडी बनेका छन्।

सात दशकअघि बेनिटो लोरेन्जीले एसी मिलानविरुद्ध लगातार चार खेलमा गोल गरेका थिए।

यता गएरातिको खेलमा लुकाकुको गोलसँगै इन्टरले अग्रतालाई ३–० मा पु¥याएको थियो।

सोही नतिजाका साथ इन्टरले खेल जित्दै शीर्षस्थानमा स्पष्ट चार अंकको अग्रता बनायो। दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ भने समान २३ खेलबाट ४४ अंक जोडेको रोमा तेस्रो स्थानमा छ।

साथै आइतबार रातिको अर्को खेलमा नापोलीलाई ४–२ गोल अन्तरले हराएको एटलान्टा ४२ अंकका साथ चौथो स्थानमा छ। पराजित नापोली भने सातौं स्थानमा छ।
 

प्रकाशित: Feb 22, 2021| 03:19 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।