शनिबार, असार २७, २०८३

मोनाकोसँग पीएसजी पराजित

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार रातिको खेलमा हार बेहोर्दै दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार रातिको खेलमा हार बेहोर्दै दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

घरेलु मैदानमा मोनाकोसँग २–० गोलको हार बेहोर्दै शीर्षस्थानको लिल्लसँग स्पष्ट चार अंक पछि परेको हो।

यता पीएसजीलाई पारजित गर्नका लागि मोनाकोको सोफियन डिओप र गुइलेर्मो मरिपनल समान १–१ गोल गरे।

खेलको छैटौं मिनेटमा गोल गर्दै डिओपले सुरुआती अग्रता बनाएका थिए। त्यस्तै मरिपनले खेलको ५१ औं मिनेटमा गोल गरेपछि भने मोनाकोले दुई गोलको अग्रता बनायो।

यता केलियन एम्बाप्पे र इकार्डीसहित मैदान उत्रिएको पीएसजीको फरवार्ड टोलीले गोल गर्न सकेन। यसकारण पीएसजी दुई गोलले पछि पर्दै खेल सकियो।

गएरातिको जितसँगै ५२ अंक बनाएको मोनाको चौथो स्थानमा छ भने पीएसजीभन्दा दुई अंकले पछि छ।

त्यस्तै, दोस्रो स्थानको लियोनको ५५ अंक रहँदा शीर्षस्थानको लिल्लको ५८ अंक छ।
 

प्रकाशित: Feb 22, 2021| 02:20 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।