शनिबार, असार २७, २०८३

आर्सनलविरुद्ध सिटीको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिगलिडर म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिगलिडर म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ।

आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न खेलमा पाहुना टिम सिटीले घरेलु टोलीविरुद्ध १–० गोलको जित निकालेको हो।

जितका लागि रहिम स्टार्लिङले खेलको दोस्रो मिनेटमै गोल गरे। 

उनको गोलसँगै सिटीले आर्सनलमाथि दबाब बनाए पनि खेल प्रतिस्पर्धात्मक रह्यो। र, पाहुना टिमले अन्य गोल थप्न सकेन।

यो जितसँगै सिटीले शीर्षस्थानमा १० अंकको अग्रता कायम राखेको छ। 

दोस्रो स्थानको युनाइटेडले शनिबारका खेलमा जित निकाल्दै ४९ अंक बनाएको थियो।

सिटीले आइतबार रातिको खेलबाट १८औं जितका साथ ५९ अंक बनाएको हो।

यता पराजित आर्सनल ३४ अंकका साथ १० औं स्थानमा छ।

त्यस्तै, आइतबार रातिको खेलमा टोटेनहम हट्स्पर वेस्ट हामको मैदानमा घरेलु टिमसँग २–१ गोलले पराजित भएको छ।

दुई गोलले पछि परेको अवस्थामा टोटेनहमका लुकास मोउराले एक गोल गरेपछि उसले २–१ गोलको हार बेहोरेको हो।

यो हारसँगै टोटेनहम नवौं स्थानमा छ भने वेस्ट हाम चौथो स्थानमा छ।
 

प्रकाशित: Feb 22, 2021| 02:13 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।