बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाघकाे आक्रमणबाट मृत्यु भएकी कला धामीको परिवारलाई २० हजार सहयोग गर्ने निर्णय

बाघकाे आक्रमणबाट मृत्यु भएकी कला धामीको परिवारलाई २० हजार सहयोग गर्ने निर्णय

बाघको आक्रमणबाट मृत्यु भएकी गौरीगंगा नगरपालिका-५, अन्डैयाकी २५ वर्षीयाकला धामीको परिवारलाई राहत प्रदान गरिने भएको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

कैलाली - बाघको आक्रमणबाट मृत्यु भएकी गौरीगंगा नगरपालिका-५, अन्डैयाकी २५ वर्षीया कला धामीको परिवारलाई राहत प्रदान गरिने भएको छ।

गत फागुन २ गते पाटेबाघको आक्रमणबाट मृत्यु भएकी धामीको परिवारलाई वन समन्वय समिति गौरीगंगाले २० हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। 

घर नजिकैको पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीलाई पाटेबाघले आक्रमण गरेको थियो। उनी नफर्किएपछि डेढ वर्षका दिदीभाइले आमाको दूध मात्र होइन न्यानो काख पनि गुमाएका छन्। 

उनीहरूकी चार वर्षीया जुम्ल्याहा दिदीले पनि आमाको स्नेह गुमाएका छन् । 

कलाको मृत्युपछि चार वर्षीया जुम्ल्याहा छोरी र डेढ वर्षका जुम्ल्याहा छोराछोरीको रेखदेख र स्याहारसुसारमा उनकी जेठी आमा सीतादेवी धामीले गरिरहेकी छन्।

सोमबार बसेको सामुदायिक वन समन्वय समितिको बैठकले समवेदना प्रकट गर्दै संस्थाको वन्यजन्तु क्षति राहत कोष परिचालन निर्देशिका २०६५ र संशोधित निर्देशिका २०७६ को व्यवस्थाअनुसार राहत प्रदान गर्ने निर्णय गरिएको समितिका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए। 

मानिस र वन्यजन्तुबीच भविष्यमा हुन सक्ने द्वन्द्व व्यवस्थापन तथा राहत उपलब्ध गराउनका लागि थप कोषको व्यवस्था गर्न सम्बन्धित निकायसँग सहयोग माग समेत गर्ने उनले बताए। 

उनले मृतक धामीको नाबालक छोराछोरीको नाममा मुद्दति खाता सञ्चालनको तयारी गरेको र सो का लागि सहयोग जुटाउने प्रयास गरिरहेको जानकारी दिए। 

यस्तै बाघको आक्रमणबाट घाइते भएका दुर्गा चौधरीलाई एम्बुलेन्स खर्चबापत् ५ हजार रूपैयाँ दिने निर्णय गरिएको छ। 

याे पनि पढ्नुहाेस्

बाघको आक्रमण : ‘दिउँसो त जसोतसो भुल्याउँछु, रात पर्‍यो कि मम्मी खोज्छन्’

प्रकाशित: Feb 22, 2021| 01:34 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।