बिहीबार, भदौ १८, २०८३

प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताएका छन्।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

राजविराज- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्नेमा जोड दिए।

मधेश यात्रामा निस्किएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गरे। प्रतिनिधिसभा विघटनबारे संविधानको धारामा रहेर नै अदालतले फैसल गर्ने उनको विश्वास छ।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले विचार गरिइरहेकाले कांग्रेसले अहिले ठूलो आन्दोलन नगरेको हो। भ्रममा नरहँदा हुन्छ’, उनले भने, ‘संविधानमा जे छ अदालतले पनि त्यही गर्छ, जतिसुकै सेटिङ गरे पनि अदालतले संविधानबाहिर गएर फैसला गर्न सक्दैन।’

नेता पौडेलले आन्दोलनमा मधेशका नेताहरूको ठूलो योगदान रहेको बताउँदै ती नेताहरूको सम्मान र ऐतिहासिक ठाउँहरूको भ्रमणका लागि आफू मधेश यात्रामा निस्केको जानकारी दिए। रासस

प्रकाशित: Feb 21, 2021| 14:55 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।