बिहीबार, भदौ १८, २०८३

चार लाख दुई हजार २६४ जनाले लगाए कोरोनाको खोप

नेपालमा चार लाख २ हजार २६४ जनालाई कोरोनाको खोप लगाइएको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं– नेपालमा चार लाख २ हजार २६४ जनालाई कोरोनाको खोप लगाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आइतबार दिएको जानकारीअनुसार शनिबारसम्म यी व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो। 

अग्रपंक्तिमा रहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, चिकित्सक, जनप्रतिनिधि, पत्रकारलगायतलाई पहिलो चरणको खोप लगाइएको छ। 

पहिलो चरणमा भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप लगाइँदै छ भने फागुन २३ गतेदेखि शिक्षक, कर्मचारी तथा ५५ वर्षभन्दा माथिका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी सरकारको छ। 

दोस्रो चरणमा शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन्। सरकारले भारतसँग खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ।

विश्वविद्यलायका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन्।

भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालमा १४ माघदेखि कोरोना खोप अभियान सुरु भएको थियो।

प्रकाशित: Feb 21, 2021| 11:51 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।