बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्राफिक प्रहरीलाई हजार रुपैयाँ दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

ट्राफिक प्रहरीलाई हजार रुपैयाँ दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

सुर्खेतमा ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्ने दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

सुर्खेत– सुर्खेतमा ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्ने दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोठीचौर गाउँपालिका–५ का मोटरसाइक चालक राजकुमार भण्डारी छन्। उनले वीरेन्द्रनगर–६ सिटीबसपार्कमा चेकजाँचका क्रममा प्रहरीलाई रुपैयाँ दिन खोजेका थिए।

मोटरसाइकलमा नम्बर प्लेट नराखेका उनलाई चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जनाए। उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 21, 2021| 09:10 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।