बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव टेबल हुने, सत्ता पक्षका सांसदले भाग नलिने

प्रदेश १ : प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव टेबल हुने, सत्ता पक्षका सांसदले भाग नलिने

प्रदेश १ को प्रदेशसभा बैठकमा सत्ता पक्ष उपस्थित नहुने संकेत देखिएको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

विराटनगर– प्रदेश १ को प्रदेशसभा बैठकमा सत्ता पक्ष उपस्थित नहुने संकेत देखिएको छ।

आजको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए। तर सभामुख भण्डारीले बैठक स्थगित नगर्ने अडान लिएका थिए। 
दिउँसो २ बजेको प्रदेशसभाको बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। 

सचिवालयले जारी गरेको कार्यसूचीमा अविश्वासको प्रस्तावको विषयमा छलफल हुने उल्लेख छ।

सभामुखले अविश्वासको प्रस्तावका बारेमा छलफल गराउन चाहेपछि सत्ता पक्षका सांसदहरु मुख्यमन्त्री कार्यालयमा भेला भएका छन्। यता, सत्ता पक्षले छुट्टै बैठक गरेपछि त्यसबाहेकका दल तथा विपक्षीहरु सभामुखसँग छलफलमा जुटेका छन्।

बैठक स्थलमा सत्तापक्षका कसैको अहिलेसम्म उपस्थिति छैन।

प्रकाशित: Feb 21, 2021| 08:08 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।