आइतबार, वैशाख २७, २०८३

चीनमा कोरोनाका १६ खोपलाई परीक्षण अनुमति

चीन सरकारले चीनभित्र बनेका १६ वटा खोपलाई परीक्षण अनुमति दिएको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

बेइजिङ– चीन सरकारले चीनभित्र बनेका १६ वटा खोपलाई परीक्षण अनुमति दिएको छ। चीनको नेसनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो। 

National life

चीन सरकारले यहाँका १६ कम्पनीका खोपलाई परीक्षण अनुमति दिएको छ भने तीमध्ये ६ वटाको तीन चरणमा परीक्षण भइसकेको जनाइएको छ। 

यीमध्येका दुईवटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ। 

चाइना नेसनल बायोटेक ग्रुपका तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ। त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ। 

ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका हुन्। 

यसैगरी चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थालाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ। सिन्हवा

प्रकाशित: Feb 21, 2021| 07:12 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।