सोमबार, जेठ ४, २०८३

स्मरण शक्ति बढाउन खानुस् दैनिक एउटा स्याउ

स्याउमा यस्तो तत्व पाइन्छ, जसले मस्तिष्कलाई फाइदा पुर्‍याउँछ। यसले अल्जाइमरको खतरा पनि कम हुन्छ। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं – दैनिक एउटा स्याउ खाने व्यक्ति अन्य व्यक्तिभन्दा स्वस्थ हुन्छ भन्ने यसअघिका विभिन्न अध्ययनहरूले देखाएका छन्। हालै गरिएको एक शोधमा हरेक दिन स्याउ खाने व्यक्तिको स्मरण शक्ति पनि बढ्ने गरेको उल्लेख छ। 

National life

सो शोधका अनुसार स्याउमा यस्तो तत्व पाइन्छ, जसले मस्तिष्कलाई फाइदा पुर्‍याउँछ। यसले अल्जाइमरको खतरा पनि कम हुन्छ। 

शोधलाई मान्ने हो भने स्याउमा फाइटोन्यूट्रिएन्टस् पाइन्छ। यो यस्तो प्राकृतिक तत्व हो- जो तरकारी, फलफूल, अन्न र दालमा पाइन्छ। 

यसले पोषणसँग मिलेर काम गर्छ, जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। 

साथै स्मरण शक्ति कम गर्ने खालका राेगको खतरा कम गर्न सहयोग गर्छ। यसले ‘न्यूरन्स’ बनाउन पनि अहम् भूमिका निभाउँछ। यो प्रक्रियालाई न्युरोजेनेसिस भनिन्छ। 

न्यूरन्स एक उत्तेजक कोशिका हो। यसको काम मस्तिष्कबाट सूचना आदानप्रदान गर्ने काम गर्छ।

साथै यसले शरीरको सबै भागमा ‘इलेक्ट्रोनिक सिग्नल’ पठाउने काम पनि गर्छ। 

स्याउको बोक्रामा ‘क्वेरसेटिन’ र फलमा डायहाइड्रोक्सी बेन्जोइक एसिड (डीएचबीए) पाइन्छ। यसले न्यूरन्स उत्पन्न हुन्छ। 

यो शोध मुसामा गरिएको थियो। शोधका अनुसार स्याउ खानाले मुसाको स्मरण शक्ति बढेको थियो। 

त्यसैले स्मरणशक्ति बढाउन हरेक दिन एउटा स्याउ खानुपर्छ। जागरण
 

प्रकाशित: Feb 21, 2021| 06:48 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्