धनगढी- कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अन्डैयास्थित टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा आज बिहान बाघ देखिएको छ।
घरसँगै जोडिएको केराबारीमा बाघ आएको र बिहानैदेखि गर्जिएको टीकाराम चौधरीले बताए। केराबारीमा विहानैदेखि बाघ गर्जिएपछि घर बाहिर निस्कन समेत समस्या भएको उनले बताए ।
फागुन ३ गते अन्डैयाकी २५ वर्षीया कला धामीलाई आक्रमण गरेर बाघले ज्यान लिएको थियो।
माघ ३० गते पनि कैलारी गाउँपालिका ८, दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीताकुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो।
सो बाघलाई नियन्त्रणमा लिन वर्दिया राष्ट्रिय निकुञ्जबाट आएको टोलीले २९ स्थानमा क्यामेर जडान गरेको छ। बाघ नियन्त्रणको प्रयास भने अझै सफल भएको छैन।