बिहीबार, भदौ १८, २०८३

६ लाख घुससहित बारामा नायब सुुब्बा पक्राउ

बारा जिल्लाको जितपुरमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

काठमाडौं– बारा जिल्लाको जितपुरमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन्। 

बाराको जितपुर सिमरा ४ मा रहेको जग्गा सर्जमिन गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा परेका हुन्। 

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ। 

उनीहरुलाई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो। घुसवापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। 

प्रकाशित: Feb 20, 2021| 02:26 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।