बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं फर्किएपछि अदालत जान्छु : निवर्तमान प्रदेश प्रमुख परियार

काठमाडौं फर्किएपछि अदालत जान्छु : निवर्तमान प्रदेश प्रमुख परियार

प्रदेश २ को प्रमुख पदबाट बर्खास्त गरिएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यस निर्णयबाट आफू छक्क परेको बताएका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

जनकपुरधाम- प्रदेश २ को प्रमुख पदबाट बर्खास्त गरिएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यस निर्णयबाट आफू छक्क परेको बताएका छन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘अचानक यो सरप्राइज्ड निर्णय मन्त्रिपरिषद्ले गरेको छ। राष्ट्रपति कार्यालयबाट मकहाँ पदमुक्त गरिएको पत्रसमेत आइपुगेको छ। मलाई यस बारेमा अग्रिम कुनै संकेतसमेत दिइएको थिएन।’ 

आफ्नो कार्यसम्पादन निर्विवाद रहेको दाबी गर्दै परियारले भने, ‘म निस्पक्ष र इमान्दारिताका साथ आफ्नो काम गर्दै आएको थिएँ। यो गुट उपगुटको राजनीतिमा मलाई आशंकाको भरमा पदमुक्त गरिएको हो।’ उनले आशंकाको भरमा नै पदमुक्त गर्न नमिल्ने र यसका लागि तथ्य र प्रमाण आवश्यक रहेको बताए। 

आफूलाई पूर्व जानकारी हुनुपर्नेमा कुनै जानकारी नै दिइएन, उनले भने, ‘मलाई कुनै किसिमको वार्निङ्गसमेत उहाँहरुले दिनुभएको छैन। मैले इमान्दारीपूर्वक निष्पक्षता र तटस्थपूर्वक भूमिका निभाउँदै आएको थिएँ। पूर्व माओवादीबाट आएको भन्ने कारणले यदि पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपूर्ण छ। म गुट र उपगुटमा अहिलेसम्म कहीँ पनि खुलेको छैन।’ 

उनले भने, ‘कमसेकम मलाई स्पष्टिकरण दिने अवसरसमेत दिनुपर्ने थियो तर त्यस्तो कुनै जानकारी गराइएन त्यसैले कानूनी उपचार खोज्छु। म दलित समुदायको पात्रमाथि सरकारले यसप्रकारको अपर्झट निर्णय गरेपछि सबैलाई सरप्राइज्ड बनाएको छ। यो मेरो व्यक्तिगत मात्र नभई सिङ्गो दलित समूदायमाथिको आक्रमण हो।’

काठमाडौ फर्केपछि अदालत जाने उनले बताए।

प्रकाशित: Feb 19, 2021| 13:58 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।