बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले प्रदेश प्रमुख परियारलाई पदबाट हटाउनुका यस्ता छन् कारण

ओलीले प्रदेश प्रमुख परियारलाई पदबाट हटाउनुका यस्ता छन् कारण

केही दिनअघि प्रदेश प्रमुखका निजी सचिव अनिल पासवान र रेल्वेका महाप्रबन्धक गुरु भट्टराईबीच टेलिफाेन कुराकानीमा भनाभन भएको थियो।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख तिलक परियालाई पदबाट हटाइएको छ। नयाँ प्रदेश प्रमुखमा रौतहट निवासी राजेश झा नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश प्रमुख परियारलाई एक्कासि पदबाट हटाउने निर्णयमा किन पुगे त? प्रदेश २ मा यतिबेला परियारलाई दुई कारणले हटाइएको अनुमान गर्न थालिएको छ। 

केही दिनअघि प्रदेश प्रमुखका निजी सचिव अनिल पासवान र रेल्वेका महाप्रबन्धक गुरु भट्टराईबीच टेलिफाेन कुराकानीमा भनाभन भएको थियो।

प्रदेश प्रमुखको आदेशमा उनका निजी सचिव पासवानले भट्टराईलाई रेलवे सञ्चालनबारे सोधखोज गरेका थिए। दुईजनाबीच गालीगलौज भएको अडियो बाहिरिएको थियो।

परियार पुष्पकमल दाहाल निकट र भट्टराई ओली निकटका हुन्। 

अर्को कारण शुक्रबार बिहान प्रजातन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख परियारले प्रतिनिधिसभा विघटनविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। उनले ओलीको आलोचना गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली उनीसँग रुष्ट बनेको अनुमान गरिएको छ। 

ओलीले आफूविरुद्धमा बोल्नेहरुलाई तह लगाउन प्रदेश प्रमुख परियारलाई हटाएको हुन सक्ने दाहाल निकटका एक नेताले बताए।

प्रकाशित: Feb 19, 2021| 12:36 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।