बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कामचलाउ सरकारलाई छिट्टै तह लगाइन्छ  : नारायणकाजी श्रेष्ठ

कामचलाउ सरकारलाई छिट्टै तह लगाइन्छ  : नारायणकाजी श्रेष्ठ

नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार फासीवादी शासन सञ्चालन गर्ने दिशातिर अघि बढेको बताएका छन्। 
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार फासीवादी शासन सञ्चालन गर्ने दिशातिर अघि बढेको बताएका छन्। 

पेरिसडाँडामा पार्टीको केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै शुक्रबार श्रेष्ठले सरकारलाई छिट्टै तह लगाइने बताएका हुन्। 

प्रदेश–२ का प्रदेश प्रमुखलाई पदमुक्त गरिएको विषयमा सोधिएको प्रश्नमा उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेर काम चलाउ सरकारमा परिणत भएको ओली नेतृत्वको सरकारले ज्यादती गर्न थालेको छ।’ 

‘सरकारले गैरकानुनी, बलमिचाइ र दमनकारी काम गरिरहेको छ,’ उनले भने, ‘यो केही समयका लागि मात्रै हो। हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै दमनकारी नीति बन्द गर्ने छौं।’

प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको आन्दोलन सफल हुने भन्दै उनले नेकपाको विवाद समाधान गर्न आयोगले ढिलाइ गर्न नहुने बताए।

‘आयोगले ढिलाइ गर्नु नपर्ने हो। तर, संवैधानिक अगंहरु सबैले सही फैसला गर्ने छन् भन्नेमा विश्वस्त छौं,’ श्रेष्ठले भने, ‘संविधान, कानुनका आधारमा सकारात्मक फैसला आउँछ नै।’

आफूहरू आन्दोलनबाट नथाकेको भन्दै उनले जनताले प्राप्त गरेको ऐतिहासिक, राजनीतिक परिवर्तन र संविधान रक्षा गर्न वचनबद्ध रहेको बताए। 

‘सर्वोच्च अदालतले विचाराधीन मुद्दाका विषयमा फैसला गर्ने स्थिति आएको छ। संविधान सम्मत् हिसाबले संविधान र लोकतन्त्रको रक्षा गर्ने गरेर निर्णय गर्ने छ,’ उनले भने। 

बैठकमा पार्टी एकीकरणको बाँकी काम छिट्टै पूरा गर्ने, प्रदेश कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनकामा पदपूर्ति केही दिनभित्रमा गरिने जानकारी गराइएको छ। 

बैठकमा पार्टीले सञ्चालन गरेको संघर्ष र देशैभर भइरहेको आन्दोलनको समीक्षा गरिएको थियो।
 

प्रकाशित: Feb 19, 2021| 12:26 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।