बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराष्ट्रपति यादवको प्रश्न, ओली १४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि?

पूर्वराष्ट्रपति यादवको प्रश्न, ओली १४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि?

पूर्वराष्ट्रपति डा. रामवरण यादवले यतिबेला लोकतन्त्रमाथि ग्रहण लागेको बताएका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

जनकपुरधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले यतिबेला लोकतन्त्रमाथि ग्रहण लागेको बताएका छन्। देशमा लोकतन्त्र आएको ७१ वर्षको इतिहासमा फेरि ग्रहण लागेको उनको भनाइ छ। 

कांग्रेसका नेता शोभाकर पराजुलीद्वारा लिखित ‘समाजवाद’ र ‘बीपी विचारसंग्रह’ दुई पुस्तकको विमोचन गर्दै डा. यादवले लोकतन्त्र प्राप्तिका लागि १४ वर्षसम्म जेल बसेको धाक देखाउने प्रधानमन्त्री केपी ओली स्वयं लोकतन्त्रलाई संकटमा पार्न उद्यत रहेको आरोप लगाए। 

उनले प्रश्न गरे,  ‘१४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि।’

पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गर्ने कदमको साक्षी राष्ट्रपति स्वयं बन्नु सरासर गलत रहेको बताए। उनले वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोपसमेत लगाए। 

उनले भने, ‘सम्माननीय राष्ट्रपतिजी दलको नेत्री होइन, प्रधानमन्त्रीले सिफारिस गर्दा उनले कुलिङ पिरियड लिन सक्नुपर्थ्याे, विपक्षी दलहरुसँग छलफल गर्नुपर्थ्याे वा फिर्ता पठाउनुपर्थ्याे त्यो पनि नभए अदालतमा पठाउन सक्नुहुन्थ्यो तर त्यस्तो गर्नु भएन।’ 

दल विभाजनको अध्यादेश, राष्ट्रपतिद्वारा त्यसको सदर, संवैधानिक परिषद्मा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका क्रमिक रुपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको उनले बताए।

यादवले यस्तो परिस्थतिमा निर्वाचनमा जानु भनेको दलहरु आफ्नै टाउको फुटाउन बाहेक केही नरहेको पूर्वराष्ट्रपति यादवको भनाइ छ। 

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमले संघीयता र संविधान नै धरापमा परेको बताए। 

उनले देशमा अहिले लोकतन्त्र नै बाँकी न रहेकाले देशमा लोकतन्त्र फेरि स्थापित गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए। 

डा. कोइरालाले वर्तमान समस्याको विकल्प निर्वाचन नभई संसद् पुन: स्थापना रहेकोमा जोड दिए।  

उनले वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीको कदमविरुद्ध  लोकतन्त्र पक्षधर एक भई अघि बढ्न आवश्यक रहेको बताए।

प्रकाशित: Feb 19, 2021| 12:03 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।