बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कामचलाउ सरकारले बर्खास्त र नियुक्ति गर्न मिल्दैन : कांग्रेस 

कामचलाउ सरकारले बर्खास्त र नियुक्ति गर्न मिल्दैन : कांग्रेस 

कांग्रेसले संसद् विघटनको असंवैधानिक कदमपछि कामचलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति गर्न नमिल्ने बताएको छ। 
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– नेपाली कांग्रेसले प्रदेश २ का प्रमुख तिलक परियारको बर्खास्तीको विरोध गरेको छ।

सरकारले शुक्रबार परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरेको थियो। कांग्रेसले नयाँ नियुक्तिको पनि भर्त्सना गरेको छ।  

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो। आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ।’ 

निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ। 

कांग्रेसले संसद् विघटनको असंवैधानिक कदमपछि कामचलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति गर्न नमिल्ने बताएको छ। 

विज्ञप्तिमा स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिइएको छ।

प्रकाशित: Feb 19, 2021| 11:41 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।