बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुलुकको नेतृत्व गर्न कम्युनिस्ट असफल भइसके : प्रकाशमान सिंह 

मुलुकको नेतृत्व गर्न कम्युनिस्ट असफल भइसके : प्रकाशमान सिंह 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु मुलुकको नेतृत्व गर्न असफल बनेको बताएका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु मुलुकको नेतृत्व गर्न असफल बनेको बताएका छन्।

बीपी स्मृति भवन नुवाकोटको उद्घाटन कार्यक्रमममा बोल्दै सिंहले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर सत्ता सञ्चालमा कम्युनिस्ट असफल छन् भन्ने पुष्टि गरेको बताएका हुन्।

‘पुस ५ को कदमले कम्युनिस्टहरु सत्ता सञ्चालनमा असफल भएको पुष्टि गरेको छ। संविधान जारी गर्न कम्युनिस्टहरुले सकेनन्, हामीले गरेर देखायौं,’ उनले भने, ‘संविधान बनेपछि जनताले मुलुकको नेतृत्व कम्युनिस्टका हातमा सुम्पिए। तर उनीहरु असफल भइसकेका छन्।’ 

उनले प्रधानमन्त्री ओलीले सर्वोच्चमा झमेला किन गरेको, यो मेरो राजनीति निर्णय हो भन्दै हिँडेको भन्दै आपत्ति समेत जनाए।

‘ओलीले प्रतिनिधिसभा विघटन गरेर मैले संवैधानिक काम छु भनेका छैनन्, राजनीतिक निर्णय गरेको हुँ भन्दैछन्,’ उनले भने, ‘राजनीतिक निर्णय पनि संविधान, कानून विधिको शासनअनुरुप हुनुपरो नि। हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको छ।’ उनले प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक हो भनेर निर्णय गरेको समेत बताए। 

उनले प्रतिनिधिसभा विघटनको निर्णयलाई तत्कालीन राजा ज्ञानेन्द्रले शाही आयोग बनाउने निर्णयसँग तुलनासमेत गरे। ‘ज्ञानेन्द्रले शाही आयोग गठन गरे। शेरबहादुर जी र मैले असंवैधानिक भनेर विरोध गर्यौं। हामीलाई धेरैले जेलमै सड्छन् भन्थे, अदालतसँग सेटिङ भएको छ भन्थे,’ उनले भने, ‘आखिर साढे १० महिनापछि अदालतले असंवैधानिक भनेर ठहर गर्याे नि। त्यसैले अहिले यो विघटनको मुद्दाम पनि न्यायमूर्तिहरुले कानून, संविधानको भावना  हेरेर शाही आयोग जसरी नै बदर गर्ने मलाई विश्वास छ।’
 

प्रकाशित: Feb 19, 2021| 10:15 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।