काठमाडौं– प्रदेश २ का प्रदेश प्रमुखमा रौतहटका राजेश झा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्।
त्रिभुवन विश्वविद्यालयबाट ‘मधेस आन्दोलन एवं मधेसवाद’ विषयमा विद्यावारिधि गरेका झा अधिवक्ता पनि हुन्। झा मधेसवाणीका सम्पादक हुन्।