बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल–नेपाल समूह बैठक : केन्द्रीय सदस्यको नागरिकता संकलन

नेकपा दाहाल–नेपाल समूह बैठक : केन्द्रीय सदस्यको नागरिकता संकलन

पार्टीको आधिकारिकता प्रमाणिकरणका लागि भन्दै नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुको नागरिकता तथा परिचय पत्र संकलन गरेको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं- पार्टीको आधिकारिकता प्रमाणिकरणका लागि भन्दै नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुको नागरिकता तथा परिचय पत्र संकलन गरेको छ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आकस्मिक बैठकमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको नागरिकता संकलनको काम भएको हो।

पार्टीको आधिकारिकता विवादबारे निर्णय दिन निर्वाचन आयोगले ढिलाइ गरेपछि भौतिक उपस्थितिसहित पार्टीको आधिकारिकता दाबी गर्न आज कागजाताहरु संकलन गरिएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्।

दाहाल–नेपाल समूहले आफूहरुसँग बहुमत रहेको पार्टीको आधिकारिकता आफूहरुले पाउनुपर्ने दाबी निर्वाचन आयोगमा यसअघि नै पेस गरिसकेको छ।

‘निर्वाचन आयोगमा हामी केन्द्रीय समिति बैठकको माइन्युट पेस गरेका थियौँ, त्यो हस्ताक्षर प्रमाणीकरणका लागि आयोगमा जानुपर्छ, यदि आयोगले बोलायो भने जानुपर्छ भनेर हामीले आज नागरिकता तथा परिचय पत्र संकलन गरेका हौँ।’ झाँक्रीले भनिन्।

आधिकारिकता विवादमा आयोग ओलीको दबाबमा परेको ठहरसहित दाहाल नेपाल समूहले आफ्नो पक्षमा ५१ प्रतिशतभन्दा बढी सदस्य रहेको दाबी भौतिक रुपमै गर्ने तयारी गरेको हो।

प्रकाशित: Feb 19, 2021| 09:58 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।