बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यो सरकारले संविधान मिच्दैन, मिच्न दिँदैन: प्रधानमन्त्री

यो सरकारले संविधान मिच्दैन, मिच्न दिँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले याे सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले याे सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन्।

आज ७१ औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत क्रियाकलापहरू नगर्ने र गर्न नदिने बताएका हुन्।

‘यो सरकारले संविधान मिच्दैन–मिच्न दिँदैन, जनताको अभिमतविपरीत जाँदैन–जान दिँदैन, भ्रष्टाचार गर्दैन–गर्न दिँदैन, सुशासन कायम गर्छ, अपराध नियन्त्रण गर्छ भन्ने कुरा आस्वस्त पार्न चाहन्छु,’ उनले भने, ‘हामी अर्को वर्षसम्ममा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरित हुँदैछौं।’

उनले सन् २०३० सम्मा दिगो विकास लक्ष्य पूरा गर्ने र त्यसअघि नै त्यसका शर्तहरू पूरा गरिसक्ने पनि बताएका छन्। 

यस्तै ओलीले निर्धारित समयमै निर्वाचन हुने दोहोर्‍याएका छन्।

उनले लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैबाट हुन नहुने बताएका हुन्। 

‘देशलाई अस्थिरताबाट जोगाउने र स्वस्थ जनअभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत ढंगले अगाडि बढ्ने बाटो ताजा जनादेश नै हो,’ उनले भने, ‘तसर्थ यसबाटोबाट अघि बढ्न सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु।’

उनले बृहत्तर राष्ट्रिय हित र लोकतन्त्रको हितका लागि एक भएर बढ्नुको विकल्प पनि नभएको बताएका छन्। 

‘प्राप्त गरेका उपलब्धिहरूको रक्षा र सुदृढ तथा कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने छ,’ उनले भने, ‘सुशासन र विकासका सपनाहरु साकार पार्नुपर्ने छ।’

प्रकाशित: Feb 19, 2021| 06:43 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।