सोमबार, असोज ५, २०८३

उपन्यास विश्रामपुर सार्वजनिक 

पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ सार्वजनिक भएको छ।  
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं–  पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ सार्वजनिक भएको छ।  

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका गौतमको यो पहिलो उपन्यास हो। यसअघि उनका ‘फूलको लासमाथि’ र ’रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल संग्रह प्रकाशित छन्।

राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा हो –‘विश्रामपुर’। आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ। राजनीतिले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछी पिँधमा रहेका नागरिकले भोग्नुपर्ने भुक्तमानको दस्तावेजीकरण हो – विश्रामपुर। 

लेखक गौतम भन्छन्, ‘उपन्यासको भावभूमि र मुख्य विषय करिब चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो। मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक।  पात्र र गाउँ काल्पनिक भएपनि सपना उही हुन्, मान्छेका कथा उही हुन्।’ 

सांग्रीला बुक्सले प्रकाशन गरेको ‘विश्रामपुर’ उपन्यासको मूल्य ४८४ तोकिएको छ।  
 

प्रकाशित: Feb 19, 2021| 06:39 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।