बिहीबार, भदौ १८, २०८३

प्रतिनिधिसभा विघटन मुद्दा : आज अन्तिम बहस

संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट आज अन्तिम बहस भइरहेको छ। 
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं - संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट आज अन्तिम बहस भइरहेको छ। 

अहिले वरिष्ठ अधिवक्ता गीता पाठकले बहस गरिरहेकी छन्। 

पाठककाे बहस सकिएसँगै संवैधानिक इजलासको बहस पनि सकिने छ। 

गत सोमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएसँगै मंगलबारदेखि संवैधानिक इजलासले एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ताको राय लिन थालेको थियो। एमिकस क्युरीका चारजनाले राय दिइसकेका छन्।

संवैधानिक इजलासमा माघ ४ गतेदेखि संसद् विघटनसम्बन्धी मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ। 

एमिकस क्युरीलाई अदालतको सहयोगी मानिन्छ। एमिकस क्युरीको रायपछि अदालतले फैसला दिनका लागि केही समय माग्ने र त्यसपछि फैसला दिने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन्। 

प्रधानमन्त्रीको कदमलाई लिएर सर्वत्र आलोचना भइरहेको छ। प्रधानमन्त्रीको सिफारिस आँखा चिम्लेर सदर गरेको भन्दै राष्ट्रपति पनि आलोचित छिन्। 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।

प्रकाशित: Feb 19, 2021| 06:05 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।