बिहीबार, भदौ १८, २०८३

चितवनमा तोरी उत्पादन बढ्याे

चितवनमा तोरी उत्पादन बढेको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

चितवन - चितवनमा तोरी उत्पादन बढेको छ।

कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो। 

गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो। 

यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलव ४ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिइन्।  

त्रिपाठीका अनुसार जिल्लामा यस वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव २ प्रतिशत छ। 

गत वर्ष उत्पादकत्व एक प्रतिशत थियो। 

यस वर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, कीराको प्रकोप कम भएकाले उत्पादन बढेको उनले बताए। 

जिल्लाको इच्छाकामना गाउँपालिका–७ र अन्य ६ वटा पालिकामा तोरी खेती गरिँदै आएको छ। रासस

प्रकाशित: Feb 19, 2021| 05:55 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।