बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज हामी आफ्नै कार्यक्रममा व्यस्त छौं, कसैलाई भेट्ने कार्यक्रम छैन : प्रमुख निर्वाचन आयुक्त

आज हामी आफ्नै कार्यक्रममा व्यस्त छौं, कसैलाई भेट्ने कार्यक्रम छैन : प्रमुख निर्वाचन आयुक्त

 नेकपाको दाहाल–नेपाल समूहले नागरिकता र परिचयपत्रसहित निर्वाचन आयोग जाने तयारी गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने आज आफूहरुको कसैसित औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताएका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहले नागरिकता र परिचयपत्रसहित निर्वाचन आयोग जाने तयारी गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने आज आफूहरुको कसैसित औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताएका छन्।

नेपालसमयसँगको संक्षिप्त प्रतिक्रियामा उनले यस्तो बताएका हुन्।

‘आज आयोगको स्थापना दिवस हो। हामी आफ्नै कार्यक्रममा व्यस्त छौं,’ उनले भने, ‘कसैसित हामीले भेटघाटको कार्यक्रम तय गरेका छैनौं।’

उनले आयोगमा आउन कसैलाई रोकटोक नभएको भन्दै आज आफूहरुले भने कसैसित भेटघाट गर्न नसक्ने बताए।

आयोग स्रोतका अनुसार दाहाल–नेपाल समूहले आयोगलाई भेटका लागि आउन लागेको विषयमा कुनै औपचारिक जानकारीसमेत दिएको छैन। 

दाहाल–नेपाल समूहले आफ्ना केन्द्रीय सदस्यहरूलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालयमा भेला हुन निर्देशन गरेको छ। 

नागरिकता र परिचयपत्रसहित आयोगको कार्यालयमा जाने तयारी छ। तर, आयोग आफ्नो कार्यक्रममा व्यस्त हुने भएकाले दाहाल–नेपाल पक्षले आज आयोग जाने निर्णय पुनःविचार गर्न सक्ने बुझिएको छ। 

सबै केन्द्रीय सदस्यहरु भेला भइसकेपछि यसबारेमा निर्णय हुने एक केन्द्रीय सदस्यले जानकारी दिए।

प्रकाशित: Feb 19, 2021| 05:19 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।