बिहीबार, भदौ १८, २०८३

‘अलमल गर्ने बेला छैन, निर्वाचनको तयारीमा लाग्नुुस्’

‘कहींकतैबाट अलमल गर्ने क्रियाकलाप हुनु हुँदैन। निर्धारित समयमै निर्वाचन हुनेछ।’
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै कोही पनि अलमलमा पर्नु आवश्यक नरहेको बताएका छन्। 

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘अहिले मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ। नयाँ निर्वाचनको तयारीका लागि भूमिका जिम्मेवारीपूर्वक वहन गर्न म सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘कहींकतैबाट अलमल गर्ने क्रियाकलाप हुनु हुँदैन। निर्धारित समयमै निर्वाचन हुनेछ।’

उनले मुलुकलाई अस्थिरताबाट जोगाउन र स्वस्थ जनमतबाट अघि बढाउनका लागि निर्वाचन अपरिहार्य भएको बताए।

उनले सरकारले संविधान र लोकतन्त्रलाई कमजोर हुन नदिने भन्दै सानातिना मतभिन्नता छाडेर बृहत् राष्ट्रिय हितमा लाग्नु आवश्यक रहेको बताए। 

‘अलमल गर्नुपर्ने मतभेद राख्नुपर्ने, तनावयुक्त हिसाबले काम गर्नु आवश्यक छैन,’ उनले भने, ‘उपलब्धिलाई रक्षा गर्नुपर्नेछ।’
उनले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नसकेका सबैलाई वार्ताका माध्यमबाट राष्ट्रिय हितमा जोडिन आग्रह गरे।

प्रकाशित: Feb 19, 2021| 05:08 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।