आइतबार, साउन १०, २०८३

भारतमा पहिलोपल्ट महिलालाई फाँसी दिइँदै

भारतमा आफ्नै परिवारका सदस्यहरुको हत्या अभियोगमा एकजना महिलालाई फाँसी दिइने भएको छ। 
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– भारतमा आफ्नै परिवारका सदस्यहरुको हत्या अभियोगमा एकजना महिलालाई फाँसी दिइने भएको छ। 

सन् १९४७ मा भारत स्वतन्त्र भएयता पहिलोपटक महिलालाई फाँसी दिन लागिएको हो। 

सन् २००८ मा आफ्नो परिवारको हत्या अभियोग प्रमाणित भएपछि शबनम नामकी महिलालाई फाँसी दिइन लागेको हिन्दूस्तान टाइम्सले जनाएको छ। मथुराको जेलमा शबनमलाई फाँसी दिने तयारी भइरहेको छ। यद्यपि, फाँसी दिइने मिति र फाँसी दिने व्यक्ति भने तोकिएको छैन।

शबनम र उनका प्रेमी सलीमले २००८ अप्रिलमा एकै परिवारका ७ जनाको हत्या गरेको प्रमाणित भएको छ। मारिनेमा १० महिने बच्चा पनि थिए। त्यतिखेबर २४ वर्षीया शबनम स्कुलमा पढाउँथी र सलीमसँग प्रेम गर्थी। तर परिवार उनीहरुको सम्बन्धको खिलाफमा थियो। 

भारतीय सर्वोच्च अदालतले ५ वर्षअघि नै शबनम र सलीम दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ। सर्वोच्चको आदेशविरुद्ध उनीहरुले राष्ट्रपतिकहाँ पुनरावेदन दिएका थिए। तर, राष्ट्रपतिले पुनरावेदन खारेज गरिदिएका छन्। 

–बीबीसी
 

प्रकाशित: Feb 19, 2021| 05:05 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।