बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वी तराईको साताव्यापी भ्रमणमा कांग्रेस वरिष्ठ नेता पौडेल

पूर्वी तराईको साताव्यापी भ्रमणमा कांग्रेस वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन्।

पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि विराटनगर जाने कार्यक्रम तय भएको छ। 

पौडेल आज अर्थात फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए।

पौडेल आज सुनसरीको धरान पुग्ने छन्। 

पौडेल धरान उपमहानगरपालिका कार्यक्रममा सहभागी भएपछि सोही उपमहानगरपालिकामा निर्माण भएको बीपी पार्कको उद्घाटन गर्ने कार्यक्रम छ।

फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते सप्तरीको राजविराज पुग्ने छन्। 

फागुन १० गते सप्तरीका सवै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन्।

सिरहा र सप्तरीको सबै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रित हुने बताइएको छ।

सप्तरीमा विभिन्न पार्टी छोडी कांग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम छ। 

सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सबै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरूमा आयोजित आमसभालाई सम्बोधन गरी फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

वरिष्ठ नेता पौडेलले सोही क्षेत्रका जिल्ला दौडाहा गर्नुलाई चासोका साथ हेरिएको छ। 

प्रधानमन्त्री केपी ओलीले पुस ५ मा संसद् विघटन गरेपछि पौडेल विगतको तुलनामा बढी सक्रिय भएका छन्। 

संसद् पुनःस्थापना  हुनुपर्ने पौडेलको माग छ। पौडेलकै दबाबमा नेपाली कांग्रेस संसद् विघटनविरुद्ध सडक आन्दोलनमा उत्रिएको हो।

प्रकाशित: Feb 19, 2021| 03:55 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।