बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारपछि हत्या गरिएकी भागरथीको १७ औं दिनमा आज अन्तिम संस्कार गरिँदै

बलात्कारपछि हत्या गरिएकी भागरथीको १७ औं दिनमा आज अन्तिम संस्कार गरिँदै

बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

बैतडी - बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। 

भागरथीको मृत्यु भएको १७औं दिनमा दाहसंस्कार गर्न लागिएको हो।  

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो। 

प्रहरीले बुधबार चडेपानीकै एक किशोरलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएका ती किशोरले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर, शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो। 

भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेका थिएनन्।  

बिहीबार ती किशोरका बुबा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा उनले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए।

आरोपितले बलात्कार र हत्या आफैंले गरेको स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेका हुन्। 

जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। 

गोठलापानीबाट बिहान ११ बजे शवयात्रा सुरु हुने भागरथीका काका शिवराज भट्टले बताए। गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो।  

गत माघ २१ गते विद्यालयबाट घर जान हिँडेकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो। रासस

प्रकाशित: Feb 19, 2021| 03:40 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।