बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय सदस्य भेला हुनुअघि नेकपा दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

केन्द्रीय सदस्य भेला हुनुअघि नेकपा दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

केन्द्रीय कमिटी सदस्यहरूलाई नागरिकताको सक्कलसहित पार्टी कार्यालयमा भेला हुन निर्देशन दिएको नेकपाको दाहाल–नेपाल पक्षको त्यसअघि अनौपचारिक स्थायी कमिटी बैठक बस्दै छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं - केन्द्रीय कमिटी सदस्यहरूलाई नागरिकताको सक्कलसहित पार्टी कार्यालयमा भेला हुन निर्देशन दिएको नेकपाको दाहाल–नेपाल पक्षको त्यसअघि अनौपचारिक स्थायी कमिटी बैठक बस्दै छ।

कार्यालय सचिव श्रीराम ढकालले अहिले केहीबेरपछि स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठक बस्न लागेको जानकारी दिए। 

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय कमिटीका सदस्यहरूलाई आकस्मिकरूपमा केन्द्रीय कार्यालयमा १२ बजे भेला हुन निर्देशन दिएको छ।

त्यसअघि स्थायी कमिटीका सदस्यहरू अनौपचारिकरूपमा छलफल गर्न लागेका हुन्।

सक्कल नागरिकतासहित आउन निर्देशन भएकाले दाहाल–नेपाल पक्षीय नेताहरू निर्वाचन आयोग जानसक्ने बताइएको छ। 

पुस ५ मा प्रतिनिधिसभाको विघटन भएपछि नेकपा राजनीतिकरूपमा विभाजित बनेको छ। 

नेकपाको आधिकारिकताका सम्बन्धमा अहिलेसम्म टुंगो लागेको छैन। निर्वाचन आयोगले माघ ११ गते दुवै पक्षले बुझाएको विवरणलाई अद्यावधिक गर्न नसकिने निर्णय गरिसकेको छ।

प्रकाशित: Feb 19, 2021| 03:32 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।