बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिले मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् : उपराष्ट्रपति

संसद् विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिले मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ सबै नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताएका छन्। 
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ सबै नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताएका छन्। 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन् 'विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपलब्धिलाई सार्वभौम संविधानसभाबाट जारी नयाँ संविधानले संस्थागत गरिसकेको छ।'

पटकपटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारीपछि मुलुक विकास र समृद्धिको मार्गमा द्रुततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोश र अन्यौलता छाउनु सुखद पक्ष नभएको उनले सन्देशमा उल्लेख गरेका छन्। 

हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक भने अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको उपराष्ट्रपतिको भनाइ छ। 

उपराष्ट्रपतिले २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुपरेको कुरा विशेष स्मणीय रहेको बताए। 

राष्ट्रिय प्रजातन्त्र दिवसले संविधानको पालन र संरक्षणका लागि सबैलाई प्रेरणा दिने र मुलुक सही दिशाबाट अगाडि बढ्ने विश्वास लिएको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित: Feb 19, 2021| 01:51 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।