बिहीबार, भदौ १८, २०८३

विप्लवसहितको मोर्चाद्वारा बुटवलमा प्रदर्शन

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका चार दलको रणनैतिक मोर्चाले बिहीबार बुटवलमा प्रदर्शनसहित सभा गरेको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

बुटवल- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका चार दलको रणनैतिक मोर्चाले बिहीबार बुटवलमा प्रदर्शनसहित सभा गरेको छ।

संसदीय व्यवस्थाको विकल्पका लागि भन्दै मोर्चाले पहिलो पटक बुटवललमा सभा गरेको हो। 

माघ २९ गते काठमाडौंमा रणनैतिक मोर्चा घोषणा भएको थियो। प्रतिनिधिसभा विघटनपछि मुलुक यसको पक्ष र विपक्षमा ध्रुविकृत भइरहेका बेला मोर्चाले भने अहिलेको संसदीय व्यवस्था र नेताहरुबाट देशले निकास नपाउने तर्क गर्दै संयुक्त अभियानको थालनी गरेको छ। 

मोर्चाका नेताहरुले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा र नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन पनि सरकारसँग माग गरेका छन्। सभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदीय व्यवस्था जनताको शासन व्यवस्था नभएको बताए। 

उनले ओली नेतृत्वको नेकपा प्रतिगामी र प्रचण्ड–माधव नेपालहरु यथास्थितिवादी भएको आरोप लगाए।

‘दुवै पक्ष कम्युनिष्ट पार्टी होइन, यीनीहरुबाट निकास सम्भव छैन’ उनले भने। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण राजनीतिमा आउन चाहेकाले प्रतिबन्ध हटाउन माग गरेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल आहुतिले संसदीय व्यवस्थामै ठूलो प्वाँल परेको बताउँदै संसदीय व्यवस्था नै असफल भएको बताए।

सभामा गुणराज लोहनी, डा. ओम गुरुङ, नागरिक समाजका पदम कार्कीलगायतले संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने धारणा राखेका थिए।

बुटवलको ट्राफिकचोकमा सभा हुनुअघि राजमार्ग चौराहाबाट जुलुस निस्केको थियो।

प्रकाशित: Feb 18, 2021| 14:42 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।