बिहीबार, भदौ १८, २०८३

अदालतको फैसला मान्य हुन्छ : सभापति देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताएका छन्।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

पोखरा- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताएका छन्।

नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी संघ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताए।

मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिए।

पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाँच वर्ष सरकार चलाउने अधिकार दिए पनि कम्युनिष्ट पार्टीले मुलुक सञ्चालन र विकास गर्न नसकेको आरोप लगाए। पार्टीको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गलत गरेको आरोप लगाउँदै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने विश्वास व्यक्त गरे।

नेपालमा अस्थिरता उत्पन्न गरी मुलुकलाई गृहयुद्धमा धकेल्न देशी विदेशी शक्ति लागेको उल्लेख गर्दै उनले त्यसका विरुद्धमा काँग्रेसले पहरेदारका रुपमा आप्mनो भूमिका निर्वाह गर्ने बताए। नेता गोपालमान श्रेष्ठले निर्वाचन भएमा काँग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरे।

नेपाल राष्ट्रिय मगर सङ्घका केन्द्रीय अध्यक्ष ओम थापामगरले मुलुकको परिर्वतका लागि भएका प्रत्येक आन्दोलनमा मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पार्टीले योग्यता र क्षमताका आधारमा अवसर दिनुपर्ने बताए।

संविधानसभा सदस्य विन्दा रानामगर, म्याग्दीका पार्टी सभापति नीरज पुन, गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेल, जीतप्रकाश आले, खम्वीर गर्बुजा मगर, दिपेन्द्र थापामगर, खडकबहादुर मगर, पदम पुन मगर, चन्द्रबहादुर रानामगरलगायतले पार्टी सङ्गठनका लागि मगर सङ्घले पुर्‍याउँदै आएको योगदानका बारेमा चर्चा गरेका थिए। 

सम्मेलनमा सन्तजंग पुन मगरको सभापतित्वमा गठन गरिएको २५ सदस्यीय राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा गरिएको थियो। रासस

प्रकाशित: Feb 18, 2021| 13:55 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।