बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • द्वन्द्वपीडितको समस्या समाधान गर्न कार्यदल बनाउने प्रधानमन्त्रीको आश्वासन

द्वन्द्वपीडितको समस्या समाधान गर्न कार्यदल बनाउने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वका पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन्। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वका पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरु सँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

गृहमन्त्री रामबहादुर थापा र सरकारका उच्चपदस्थ अधिकारीसहितको छलफलमा प्रधानमन्त्रीले भने, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत् द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानु पर्छ।’

छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गरे। 

‘जता पट्टिबाट गोली चलेर मारिएको होस्, तीनमा आश्रित एकल महिला,उसका अभिभावक उसमा आश्रित सन्तानको पीडाहरु उस्तै उस्तै छन्’, उनले भने। पेन्सन आदि केही पनि नपाउने द्वन्द्व पीडितको परिवार अरुभन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्रीले बताए। 
द्वन्द्वरत कुनै पक्षमै नभएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण जनता पनि थुप्रै संख्यामा पीडित रहेको उनले बताए। ‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ,’ प्रधानमन्त्रीले भने। 
जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने प्रधानमन्त्रीको भनाइ छ। ‘अब क्षमा गर र बिर्सको भावबाट जानुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘यद्यपी मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जो सुकैले पनि सजायँ पाउने पनि प्रधानमन्त्रीले बताए।’ 

द्वन्द्वमा मृतकका परिवार वा घाइतेबाहेक बहिर्गमित लडाकुको समेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीको भनाइ छ। ‘तीन–चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ। उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, उनले भने। 

कार्यक्रममा द्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रीता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल २ हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको बताइन्। ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उनले उल्लेख गरिन्। ‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मीसमेतको मनोबल उच्च हुनेछ,’ उनले भनिन्। 

सरकारले मृतक सुरक्षाकर्मीलाई सहिद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उनले बताइन्।

प्रकाशित: Feb 18, 2021| 13:27 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।