बिहीबार, भदौ १८, २०८३

काग्रेसले द्वैध चरित्र देखायो : प्रभु साह

सहरी विकासमन्त्री तथा नेकपा ओली समूहका नेता प्रभु साहले नेपाली कांग्रेसले द्वैध चरित्र देखाएको बताएका छन् । 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

रौतहट- सहरी विकासमन्त्री तथा नेकपा ओली समूहका नेता प्रभु साहले नेपाली कांग्रेसले द्वैध चरित्र देखाएको बताएका छन् । 

बिहीबार गृहजिल्ला रौतहटको क्षेत्र नं. ३ अन्तर्गत पर्ने गुजरा नगरपालिकास्थित पुलको सिलान्यास गर्दै मन्त्री साहले कांग्रेसले अदालतको निर्णय पनि मान्छु भन्दै आन्दोलनका कार्यक्रम गरेर दोहोरो चरित्र देखाएको बताए । दोहोरो चरित्रका कारण पार्टीलाई गम्भीर घाटा लागेको समेत मन्त्री साहको आरोप छ । 

वर्तमान सरकार चुनावी सरकार भएकोले आगामी वैशाख १७ र २७ गते हुने संसदीय चुनाव कुनै पनि हालतमा सम्पन्न गर्न सरकार दृढ संकल्पका साथ लागेको उनले बताए ।

मन्त्री साहले चुनावमा लड्ने हिम्मत नभएका र जनतासँग डराउनेहरुले मात्रै संसद् पुनस्र्थापनाको माग गरेको दाबी गरे । 
 

प्रकाशित: Feb 18, 2021| 12:39 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।