बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस महाधिवेशन भदौ ७ देखि, क्रियाशील सदस्यता छानबिनको जिम्मा लेखकलाई

कांग्रेस महाधिवेशन भदौ ७ देखि, क्रियाशील सदस्यता छानबिनको जिम्मा लेखकलाई

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। 

आज बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा तल्ला तहको अधिवेशनको कार्यतालिका केही फेरबदल गर्दै महाधिवेशनको मिति तय गरेको हो। 

प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन ७ देखि १० भदौसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताए। बैठकले क्रियाशील सदस्यता छानविन समिति गठन गरेको छ।

रमेश लेखकको नेतृत्वमा बनेको समितिमा आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल र कल्याणकुमार गुरुङ सदस्य छन्।

प्रकाशित: Feb 18, 2021| 12:20 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।