बिहीबार, भदौ १८, २०८३

‘तीर्थ प्रसादको जीवन यात्रा’ लोकार्पण

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाद्वारा लिखित ‘तीर्थ प्रसादको जीवन यात्रा’ पुस्तक लोकार्पण गरिएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाद्वारा लिखित ‘तीर्थ प्रसादको जीवन यात्रा’ पुस्तक लोकार्पण गरिएको छ।

प्रदेशसभा परिसरमा एक समारोहका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त र मुख्यमन्त्री त्रिलोचन भट्टले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्। 

सुदूरपश्चिम प्रदेश सभामुखको सचिवालयले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, विभिन्न क्याम्पसका प्रमुख, प्राध्यापक, साहित्यकारलगायतको उपस्थिति थियो। 

सभामुख थापाले यसअघि कम्युनिष्ट आन्दोलनको एक झलक, माक्सर्वादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवाद कृतिहरु प्रकाशन गरिसकेका छन्। उनको खप्तड एक चिनारी कृति प्रकाशनको लागि तयारी अवस्थामा छ।

बझाङको खप्तड छान्ना गाउँपालिका–२, देहलीमा जन्मनुभएका सभामुख थापा २०२८ देखि २०४० सालसम्म निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, २०४३ देखि २०५५ सालसम्म माध्यमिक विद्यालयको प्रधानाध्यापक भए शिक्षण पेशामा संलग्न रहेका थिए।

प्रकाशित: Feb 18, 2021| 12:20 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।