बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराजा भन्छन्– प्रजातन्त्र आवधिक निर्वाचन मात्र होइन, सामाजिक जीवन पद्धति पनि हो 

पूर्वराजा भन्छन्– प्रजातन्त्र आवधिक निर्वाचन मात्र होइन, सामाजिक जीवन पद्धति पनि हो 

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिंदै प्रजातन्त्र भनेको आवधिक निर्वाचन मात्र नभएको बताएका छन्। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिंदै प्रजातन्त्र भनेको आवधिक निर्वाचन मात्र नभएको बताएका छन्। 

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शाहले निर्वाचन, दल विशेषको शासन प्रणाली मात्र नभएर सामाजिक जीवन पद्धति पनि भएको बताएका हुन्। 

शाहले हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने उल्लेख गरेका छन्। 

विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको प्रजातन्त्रको रक्षा पनि सहमतिबाटै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसूस आम नेपालीले गरिरहेका छन्।’

पूर्वराजाले प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि भएको बताएका छन्। 

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि पनि प्रजातन्त्रकै विषयमा द्वन्द्व र बहसमै व्यस्त हुनु दुःखद भएको शाहले जनाएका छन्। 


 

प्रकाशित: Feb 18, 2021| 12:18 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।