बिहीबार, भदौ १८, २०८३

आदिवासी जनजातिमा सूचीकृत हुन १४ वर्षदेखि आन्दोलनरत

विराट राजवंशी समुदायले आदिवासीमा सूचीकृत हुन आन्दोलन शुरु गरेको १४ वर्ष वितेको छ। तर, राज्यबाट अहिलेसम्म माग सम्वोधन हुन नसकेको उनीहरुको गुनासो छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

विराटनगर– विराट राजवंशी समुदायले आदिवासीमा सूचीकृत हुन आन्दोलन शुरु गरेको १४ वर्ष वितेको छ। तर, राज्यबाट अहिलेसम्म माग सम्वोधन हुन नसकेको उनीहरुको गुनासो छ।

राज्यले १२५ जातजातिलाई सूचीकृत गरे पनि विराट राजवंशीलाई सूचीकृत गर्न राज्यले अहिलेसम्म चासो नदेखाएको उनीहरुको गुनासो छ। 

राजवंशी समाज उत्थान समिति (विराट) का अध्यक्ष भुवनेश्वर मण्डल विराट राजवंशीले २०६३ देखि निरन्तर सूचीकृतका लागि आन्दोलन गरे पनि सुनुवाइ हुन नसकेको बताए। आन्दोलन शुरु गरेको १४ वर्ष पुगेको दिनको स्मरण गर्दै विहिबार विराटनगरमा आयोजित भेलामा मण्डलले विराट राजवंशीको अलग्गै धर्म, भाषा र पहिचान भएपनि राज्यले संवोधन नगरेको बताए।

उनले विराट राजवंशीलाई आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत नभएसम्म आन्दोलन नरोकिने बताए। विराट राजवंशीका अगुवा कुशेश्वर राजवंशीले १४ वर्षदेखि आन्दोलन गर्दापनि राज्यले नसुनेको बताए। १२५ जातजातिलाई समावेश गर्न सक्ने सरकारले विराट राजवंशीलाई वेवास्ता गरेको आरोप लगाए। उनले सूचीकृत नहुँदा भाषा, संस्कृतिको जगेर्ना गर्न समस्या भएको बताए । 

विराट राजवंशी समुदायका अगुवाहरु राजकुमार राजवंशी, कला राजवंशी, बुधनारायण मण्डल लगायतले आदिवासीमा सूचीकृत गरि माग संवोधनका लागि सरकारको ध्यानाकर्षण गराए। 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले विराट राजवंशीको माग सम्वोधन गर्न तयार गरेको बताए। सरकारले १२७ जातजातिलाई सूचीकृत गर्ने तयारी गरिरहेको उनले बताए। मन्त्री ढकालले भने, ‘१२७ जाजजातिको सूचीकृत गर्ने तयारी थियो। विराट राजवंशीलाई थपेर १२८ पुर्याउने छौं।’

राज्यका तर्फबाट उचित सम्वोधन गर्ने उनले आश्वासन दिए। मन्त्री ढकालले जातजातिको दर्ता संघिय मामिला मन्त्रालयले गर्ने भएकाले काठमाण्डौं फर्किए लगत्तै दर्ता प्रकृयाका लागि पहल गर्ने बताए। 

झापा, मोरङ र सुनसरीमा उनीहरुको बढी बसोबास छ। तीन जिल्लामा करिव १ लाख बढी विराट राजवंशी रहेको बताइएको छ।
 

प्रकाशित: Feb 18, 2021| 11:58 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।